३८ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्बको कारोबार


काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार, आज नेप्से परिसूचक ३८.१० अंकले घटेर २,७८१ मा झरेको छ । यसैगरी, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७४ अंकले घटेर ४७७.६८ मा सीमित भएको छ ।
आज कूल १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारपछि बजार पुँजीकरण ४६ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
आज कमाउनेमा विकास हाइड्रोपावर र मैलुङ खोला जलविद्युत् कम्पनी लगायतका कम्पनीहरू रहेका छन्, भने गुमाउनेमा ओरियन्टल होटल र लुम्बिनी विकास बैंक लगायतका कम्पनीहरू रहेका छन् ।
Facebook Comments