खुटिया नदीमा बेपत्ता भएका ४ किशोरको श*व फेला

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b040ed8a47d.jpeg

धनगढी । कैलालीको गोदावरी नगरपालिका–९, खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका चार जना किशोरको शव भेटिएको छ । उनीहरू धनगढीका बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दिएको जानकारी अनुसार, १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरीको शव भेटिएको हो ।

उनीहरू सात जनाको समूहमा दिउँसो २ बजेतिर नदीमा नुहाउन गएका थिए । डुबेकामध्ये अन्य तीन जनालाई भने सकुशल उद्धार गरिएको थियो ।


Facebook Comments