प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता


थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले आज भियतनामका प्रधानमन्त्री चिङसँग भेटवार्ता गरेका हुन् ।
चीनको थियानजिनमा भएको यस भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।
Facebook Comments