निजामती कर्मचारीलाई मन्त्री न्यौपानेले भनिन्– नागरिकको विश्वास जित्नुपर्छ

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd0b02b1bf8.jpg

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाविना कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी हुन नसक्ने बताएकी छन् ।

२२ औं निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो धारणा राखेकी हुन् । मन्त्री न्यौपानेले दिगो शान्ति, सुशासन र विकासका लागि सक्षम, पारदर्शी र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य रहेकोमा जोड दिइन् ।

उनले सूचना प्रविधिको यस युगमा निजामती कर्मचारीले प्रविधिमैत्री, नागरिक केन्द्रित, सरल र छिटो सेवा दिनुपर्ने आवश्यकता औंल्याइन् ।

’डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, र नवप्रवर्तनशील उपायहरू प्रयोग नगरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिँदैन,’ उनले भनिन् ।

मन्त्री न्यौपानेले कर्मचारीको क्षमता अभिवृद्धि, व्यावसायिकता र निरन्तर सुधारमार्फत नागरिकको विश्वास जित्न सकिने र यसले जिम्मेवार, सदाचारयुक्त र परिणाममुखी प्रशासनिक संरचना निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।


Facebook Comments