खोला तर्दै गर्दा बाढीले बगाएपछि श्रीमती घाइते, श्रीमान् बेपत्ता

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd0d28b5d3f.png

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्का एक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार, काठमाडौँबाट धनकुटा जाँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल खोला तर्ने क्रममा बगाएको हो ।

बेपत्ता हुनेमा सर्लाहीका २७ वर्षीय मनिष पञ्चकोटी रहेका छन् । मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी छिन् र उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटनापछि स्थानीय र प्रहरीको टोलीले पञ्चकोटीको खोजीकार्य जारी राखेको छ ।


Facebook Comments