‘जेन जी’ आन्दोलनमा दुर्गा प्रसाईँ सहभागी हुने

दमन नगर्न चेतावनी

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd497cf0072.jpg

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि (साेमबार) हुन लागेको ‘जेन जी’ आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईँ सहभागी हुने भएका छन् । उनले यो आन्दोलनमा नैतिक समर्थन जनाउँदै चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

सञ्चार जगतले आफ्नो आवाज पुनः दोहोर्याएको भन्दै प्रसाईँले आभार व्यक्त गरेका छन् । उनले प्रतिबन्धित फेसबुकमा लेखेका छन्, ‘२२ रुपियाँको चप्पल लगाएर सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी र लुइभ्यानटका झोला बोकेर हिँडिरहेका छन्।’

भ्रष्टाचारको सम्पत्ति अमेरिका, युरोप, अस्ट्रेलिया र कम्बोडियासम्म पुगेको भन्दै यस्तो आवाज उठाउँदा आफूलाई कारागार पठाइएको उनले दाबी गरेका छन् ।

प्रसाईँले आज सत्यको पक्षमा जनचेतना जाग्दै गएकोमा आफू खुसी रहेको बताउँदै ‘स्वतःस्फूर्त’ आन्दोलनमा सहभागी हुने घोषणा गरेका हुन् ।


Facebook Comments