बौद्धमा युवकमाथि खु*कुरी प्रहार गर्ने ३ जना कञ्चनपुरबाट पक्राउ


काठमाडौं । काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटना भएको करिब एक महिनापछि उनीहरूलाई सुदूरपश्चिमको कञ्चनपुरबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका ३३ वर्षीय लोप्साङ बोम्जोन लामा, नुवाकोटका २६ वर्षीय सुमन तामाङ र ३० वर्षीय कुमार तामाङ छन् । गत साउन १२ गते राति गोकर्णेश्वरी नगरपालिका–६ को नयाँबस्तीमा जितबहादुर मोक्तानमाथि उनीहरूले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।
आक्रमणमा गम्भीर घाइते भएका मोक्तान उपचारपछि डिस्चार्ज भइसकेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments