एमाले विधान महाधिवेशन : नेतृत्वमा ओलीको विकल्प छैन


काठमाडौं । नेकपा (एमाले) को विधान महाधिवेशनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै प्रतिनिधिहरूले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सातवटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले आगामी नेतृत्वमा ओलीकै निरन्तरता हुने धारणा राखेका छन् ।
यसैगरी, ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउनुपर्ने सुझावमा अधिकांशले समर्थन जनाएको उनले जानकारी दिए ।
Facebook Comments