नेपालमा धर्म प्रचार गर्ने ६ विदेशी नागरिक डिपोर्ट


काठमाडौं । नेपालमा भिसाको दुरुपयोग गरी धर्म प्रचार र व्यवसायमा संलग्न रहेका ६ जना विदेशी नागरिकलाई अध्यागमन विभागले डिपोर्ट गर्ने निर्णय गरेको छ ।
डिपोर्ट गरिनेहरूमध्ये अमेरिकी नागरिक डानियल एस कर्नीलाई सबैभन्दा कडा कारबाही गरिएको छ ।
पर्यटक भिसामा नेपाल आएर बालगृहका बालबालिकाहरूलाई इसाई धर्मको प्रचार गरेको आरोपमा पक्राउ परेका उनलाई ५० हजार रुपैयाँ जरिवानासहित ११ वर्ष नेपाल आउन प्रतिबन्ध लगाइएको छ ।
यसैगरी, अध्यागमन विभागले पर्यटक भिसामा व्यवसाय र डिजिटल कारोबारमा संलग्न फ्रान्सका एक नागरिकलाई पनि ५० हजार जरिवानासहित तीन वर्षका लागि नेपाल आउन प्रतिबन्ध लगाएको छ ।
टर्किस भाषा पढाउने र धर्म प्रचारमा लागेका इन्डोनेसियाका चार जना नागरिकलाई पनि सोही जरिवाना र तीन वर्षको प्रतिबन्ध लगाइएको छ ।
Facebook Comments