पतञ्जली प्रकरणका ५ जना अभियुक्त अझै फरार, पत्रिकामा सूचना प्रकाशित गर्न आदेश

विवादित पतञ्जली जग्गा प्रकरण

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd7333d6ba0.jpeg

काठमाडौं । पतञ्जलीको जग्गा हिनामिना प्रकरण मुद्दामा विशेष अदालतले पाँच जना फरार अभियुक्तका नाममा पत्रिकामा सूचना प्रकाशित गर्न आदेश दिएको छ ।

अदालतले यसअघि मुद्दाको प्रतिवाद गर्न म्याद बुझेर पनि एक जना अभियुक्त उपस्थित नभएको जनाएको छ ।

यो प्रकरणका मुख्य अभियुक्तहरू पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ८७ जना प्रतिवादीहरू भने अदालतमा उपस्थित भइसकेका छन् ।

अदालतको आदेशपछि नेपाल ३५ लाख, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह ३५ लाख र पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

अख्तियारले १८ करोड ५८ लाख बिगो कायम गरी दायर गरेको मुद्दामा उद्योग सञ्चालनका लागि हदबन्दी छुट दिइएको जग्गा कानुन विपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको आरोप छ ।


Facebook Comments