सरकारले 'जेनजी'को आवाज सुनोस्, नत्र पछि पछुताउनुको विकल्प रहन्न : शेखर कोइराला

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shekhar-koirala_misPSKV9M2.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘जेन जी’ पुस्ताको आजाव सुन्ने हिम्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बेलुका सामाजिक सञ्जाल एक्समार्फत कोइरालाले देशमै केही गर्छु भन्ने युवाहरू सडकमा उत्रिनु सरकारमा बसेका र उनीहरू बीचको सोचाइको अन्तर भएको बताएका छन् ।  

उनले भनेका छन् राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देशमै बसेर केही गर्छु भन्ने ‘जेन जी’ पुस्ताका होनाहार युवाहरु सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा उडकमा उत्रनु सरकारमा बसेका र उनीहरुको बीचको सोचाइको अन्तर हो ।  

'उनीहरूको आवाजलाई सुन्ने हिम्मत गरौँ र आफूलाई परिवर्तन गरौँ। नत्र पछि पछुताउनुको विकल्प बाँकी रहन्न,' उनले भनेका छन्। सरकारले फेसबुकसहितका सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा सोमबार जेनजीहरूले काठमाडौंमा प्रदर्शन गर्दैछन्।  


Facebook Comments