काठमाडौंको कलंकीमा प्रहरीले चलायो गोली

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfd055bc076.jpg

काठमाडौं । काठमाडौंको कलंकीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र बेथिति विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा आगजनी र तोडफोड गरेपछि यो घटना भएको हो ।

सोमबारदेखि देशभर ’जेनजी’ समूहले थालेको प्रदर्शनमा प्रहरी दमनका कारण २१ जनाको मृत्यु भएपछि आज पनि प्रदर्शन जारी छ ।

प्रदर्शनकारीले विभिन्न स्थानमा सरकारी सम्पत्तिमाथि तोडफोड गर्दै आगजनी गरेका छन् ।


Facebook Comments