रास्वपाले बोलायो भर्चुअल बैठक

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c1651e8e2ed.jpg

काठमाडौं । देशभरको विषम परिस्थितिपछि भावी राजनीतिक निकासको खोजीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘जेनजी’ दुवैले आज छुट्टाछुट्टै भर्चुअल बैठक बोलाएका छन् ।

रास्वपाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार राति ८ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यता, जेनजी समूहका प्रतिनिधिहरूले पनि देशको व्यवस्था र भावी नेतृत्वको विषयमा छलफल गरिरहेको बताइएको छ ।

दुवै पक्ष आ–आफ्नो तर्फबाट भावी रणनीति तय गर्न जुटेका छन् ।


Facebook Comments