जेनजी प्रदर्शनमा गोली लागेका दुई प्रदर्शनकारीको मृ*त्यु


काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंको कालीमाटीमा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । उनीहरू क्रमशः २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदी हुन् ।
बल्खुस्थित बयोधा अस्पतालका चिकित्सक डा. कुन्दन कर्णले विज्ञप्ति जारी गर्दै मृत्युको पुष्टि गरेका छन् । मंगलबार कालीमाटीमा प्रहरीसँगको झडपमा उनीहरूलाई गोली लागेको थियो ।
मृतक भट्टको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ भने उदयपुरका सुवेदीको शव उनका आफन्तले त्रिवि शिक्षण अस्पतालमा लगेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, प्रदर्शनमा गोली लागेर अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
यसअघि काठमाडौंमा १७ र इटहरीमा दुई जनाको मृत्यु भएको थियो । यस्तै, ६ जना प्रहरीको पनि मृत्यु भएको जनाइएको छ ।
Facebook Comments