प्रचण्डकी छोरीको घरमा मृ*त भेटिएका व्यक्ति सुरज खत्री रहेको पुष्टि

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c16f45717d9.jpeg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । 

ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, आगोले जलेको अवस्थामा मृत भेटिएका ती व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री हुन् ।

‘जेनजी’ प्रदर्शन उग्र बनेपछि मंगलबार गंगा दाहालको घरमा आगजनी भएको थियो । मृतक खत्रीको शव अहिले पाटन अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।


Facebook Comments