खाद्य गोदामबाट हजारौं क्वीन्टल चामल र चिनी लुटपाट

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c174852b715.jpg

सिरहा । ‘जेन–जी’ आन्दोलनका क्रममा मंगलबार साँझ लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट गरिएको छ । ठूलो समूहमा आएका उनीहरुले हजारौँ क्वीन्टल चामल र चिनी लुटेका छन् ।

कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भने, “गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ ।”

उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि आन्दोलनकारीहरूले खाद्य गोदाममा आक्रमण गरेका थिए । लुटपाटपछि कार्यालयको चारपाङ्ग्रे सवारी साधनमा आगजनी गरिएको छ । हाल नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरेका छन् । 


Facebook Comments