यस्तो छ काठमाडौं उपत्यकामा कर्फ्युको नयाँ तालिका


काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञाको नयाँ समय तोकेको छ । जंगीअड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार सूचना प्रकाशित गरी काठमाडौं ललितपुर र भक्तपुर जिल्लामा कर्फ्युको समय घटाएको छ ।
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले जनाएको छ।
Facebook Comments