पहिलो महिला महान्यायाधिवक्ता बनिन् वरिष्ठ अधिवक्ता सविता भण्डारी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c6c91f27098.jpg

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त भएकी छिन् । यो सँगै मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए । 

 


Facebook Comments