जेनजी समूहका अगुवा सुदन गुरुङमाथि हातपात

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c6c5986a8fa.jpg

काठमाडौं । जेनजी समूहका अगुवा सुदन गुरुङमाथि हातपात भएको छ। आइतबार रिपोर्ट्स क्लबको हलमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात भएको हो। आक्रमक शैलीमा प्रस्तुत भएका सुदन र पत्रकार किशोर श्रेष्ठबीच प्रश्नोत्तरका क्रममा भनाभन भएको थियो ।

पत्रकार श्रेष्ठले ७३ वर्षीया वृद्धालाई प्रधानमन्त्री बनाएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देशलाई लैजान चुकेको भन्दै जिज्ञास राखेका थिए । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै हप्कीदप्की गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।

पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । त्यसरी सुरू भएको विवाद बढ्दै गएर कुटाकुटको माहोल बनेको हो । अवस्था तनावपूर्ण बनेपछि सुदनलाई प्रहरीले सुरक्षा दिएर लगेको थियो । 
 
    


Facebook Comments