मन्त्रिपरिषद् विस्तारः अर्थमा खनाल, ऊर्जामा घिसिङ र गृहमा अर्याल


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले आज साँझ ३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय र ओमप्रकाश अर्याललाई गृहमन्त्री मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
अर्याल काठमाडौं महानगरका मेयर बालेन साहको कानूनी सल्लाहकारबाट यो नयाँ आर्थिक वर्ष लागेसँगै हटेका थिए । उनी रुपन्देही ३ बाट उपनिर्वाचन लड्ने तयारीमा थिए । उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ ।
Facebook Comments