नवनियुक्त ३ मन्त्रीको शपथ आज


काठमाडौं । नवनियुक्त ३ मन्त्रीको आज पद तथा गोपनियताको शपथ ग्रहण हुँदैछ । नवनियुक्त मन्त्रीत्रयलाई आज बिहान ११:३० बजे शपथ ग्रहण गराइने राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय (भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय)को जिम्मेवारी दिने निर्णय गरेकी थिइन् ।
नयाँ मन्त्रीहरुको नाम उनले आइतबारै राति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेकी छन्। यता मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहले भने असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि पुगेर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गर्दै राजीनामा समेत मागेका थिए ।
Facebook Comments