श्रीमानलाई रुखमा बाँधेर २ महिने सुत्केरीमाथि ब*लात्कार, अभियुक्त पक्राउ

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Arrest-1_DV8Y21Yhja_Z9DwgP4Ka4.jpg

काठमाडौं । मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा पतिलाई रुखमा बाँधेर दुईमहिने सुत्केरीमाथि बलात्कार भएको छ । भदौ २६ गते राति पतिलाई रुखमा बाँधेर दुई महिनाअघि मात्रै सुत्केरी भएकी पत्नीमाथि बलात्कार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

राम्रोसँग बोल्न पनि नसक्ने दम्पतीमाथि चरम अत्याचार भएको हो । उनीहरुको आफ्नै घर पनि छैन । बलात्कार भएको खबर भोलिपल्ट थाहा पाएपनि जेन्जी आन्दोलनका कारण तत्काल गाउँमा जाने अवस्था नबन्दा आइतबार मात्रै आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय अन्तरे थिङ रहेका छन् । प्रहरीका अनुसार अभियुक्तले रुखमा बाँधेर पत्नीमाथि बलात्कार गरेर उल्टै पतिलाई कोही आएको छ कि छैन हेर भनेर काम अह्राएको पीडितले गुनासो गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


Facebook Comments