पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kaligandaki-corridor.jpg

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए । 

पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ । कालाखोला छेत्रमा यसअघि पनि पहिरो खसेको थियो । पहिरोका कारण खुलाउन समस्या भइरहेको छ । 

कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ । 


Facebook Comments