बझाङ कारागारबाट भागेका कैदी भीरबाट हाम फालेर गम्भीर घाइते

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7a1c047053.jpg

धनगढी । बझाङ कारागारबाट भागेका एक कैदी प्रहरीको नियन्त्रणबाट जोगिन भीरबाट हाम फालेर गम्भीर घाइते भएका छन् ।

जाजरकोट भेरी नगरपालिका–४ का रोहित सुनार (उदिप) लाई बझाङको बित्थडचिर गाउँपालिका क्षेत्रबाट पक्राउ गर्ने क्रममा उनले झन्डै ३ सय मिटर अग्लो भीरबाट हाम फालेका थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्रप्रसाद धमलाका अनुसार सुनारको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ । उनको उपचार सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको छ र अवस्था गम्भीर रहेकाले शल्यक्रिया गर्नुपर्ने भएको छ ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका सुनारसँगै भागेका अर्का कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।


Facebook Comments