अख्तियारले भन्यो– ‘चोरी भएका सामान फिर्ता गर, नत्र कारबाही’


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा चोरी भएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै आयोगले यसो नगरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा अख्तियारको केन्द्रीय कार्यालयसहित इटहरी, पोखरा, हेटौँडा र बुटवल लगायतका कार्यालयहरूमा चोरी र लुटपाट भएको थियो । त्यसक्रममा सवारीसाधन, कम्प्युटर, ल्यापटप, मोबाइल, हार्डडिस्क, क्यामेरा, टिभी लगायतका सामान चोरी भएका थिए ।
आयोगले सीसीटीभी फुटेजमार्फत चोरी गर्नेहरूको पहिचान भइरहेकोले तत्काल सामान फिर्ता गर्न आग्रह गरेको छ । यदि सामान फिर्ता नगरिएमा अख्तियार कानुनी प्रक्रियामा अगाडि बढ्ने जनाइएको छ ।
Facebook Comments