आगजनीबाट क्षतिग्रस्त बनेको पार्टी कार्यालयको महासचिव पोखरेलद्वारा निरीक्षण


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
सोमबार दिउँसो च्यासलस्थित कार्यालय पुगेका उनीहरूले खण्डहर बनेको भवनको अवस्थाबारे जानकारी लिएका छन् ।
भदौ २४ गतेको प्रदर्शनमा एमाले कार्यालयमा तोडफोड र आगजनी भएको थियो, जसका कारण भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले यो ‘उच्छृंखल कार्यमा’ संलग्नहरूको पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।
Facebook Comments