तनहुँ कारागारबाट फरार १ सय ९ कैदी पक्राउ

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7f2275b2cb.jpg

दमौली । ‘जेनजी’ आन्दोलनको मौका छोपेर तनहुँ कारागारबाट फरार भएका ३२७ जनामध्ये १०९ जना कैदीबन्दी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, भदौ २४ गते राति भागेकामध्ये ६८ जना पुरुष, ९ जना महिला र ३२ जना पुरुष थुनुवालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले फरार रहेका सबै कैदीबन्दीलाई स्वेच्छिक रूपमा नजिकको प्रहरी कार्यालय वा कारागारमा सम्पर्कमा आउन आग्रह गरेको छ । यसो नगरेमा बल प्रयोग गरी नियन्त्रणमा लिइने प्रहरी नायब उपरीक्षक अशोक थापाले बताएका छन् ।

प्रहरीले फरार कैदीबन्दीबारे जानकारी भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आम सर्वसाधारणलाई अपिल गरेको छ ।


Facebook Comments