प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सुरु

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7f477ee1e7.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

‘जेनजी’ आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार ढलेर कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

आजै शपथ लिएर पदभार ग्रहण गरेका तीन मन्त्रीसँगै प्रधानमन्त्री कार्की बैठकमा सहभागी छन् ।

मन्त्रिपरिषद्मा रामेश्वर खनाल अर्थमन्त्री, ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री, तथा कुलमान घिसिङ ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री छन् । 

सिंहदरबारमा अन्तरिम सरकारको पहिलो बैठक केही समय अघिदेखि जारी छ ।


Facebook Comments