विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा श*व फेला


विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ ।
मोरङ प्रहरीका अनुसार, सरसफाइ गर्ने क्रममा भवनको दोस्रो तलामा सो शव भेटिएको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको र पहिचान गर्न कठिन भएको जानकारी दिएकी छन् ।
लुटपाट वा तोडफोड गर्न गएका व्यक्तिमध्ये कसैको आगोमा परेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि, जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो ।
Facebook Comments