पुनर्निर्माणका लागि विशेष कोष बनाइने मन्त्री घिसिङको घोषणा

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7f8e5c9e70.jpg

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले ’जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपालबाहिर रहेका नेपालीहरूलाई पनि अनुरोध गरेका छन् ।

घिसिङले भने, ‘आक्रोशका कारणले क्षति भयो, तर अब हामीले नै यो बनाउने हो ।’ उनले मन्त्रिपरिषद्ले यस कोषबारे छिट्टै औपचारिक निर्णय गर्ने जानकारी दिएका छन् ।


Facebook Comments