पाकिस्तानबाट फर्किएका अफगान शरणार्थी संकटमा, सहयोगको अपिल

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c7fb73ca6a0.jpg

काठमाडौं । पाकिस्तानबाट हालै आफ्नै देश फर्कन बाध्य पारिएका हजारौं अफगान शरणार्थीहरूले गम्भीर मानवीय संकटको सामना गरिरहेका छन् । उनीहरूले आश्रय, खाद्यान्न र आधारभूत सेवाको चरम अभाव रहेको बताएका छन् ।

टोलो न्यूजसँग कुरा गर्दै शरणार्थी बीबी शम्सले भने, ‘हामीलाई घर बनाउने जमिन चाहिएको छ । मेरा बच्चाहरू भोकै छन् र जाडो नजिकिँदै छ । हामीलाई सहयोग आवश्यक छ ।’ अर्की शरणार्थी दुयाले पनि राहत सामग्री पर्याप्त नभएको गुनासो गरिन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी संस्था (यूएनएचसीआर) का अफगानिस्तान प्रमुख अराफत जमालका अनुसार, सेप्टेम्बरको पहिलो सातामा मात्र करिब १ लाख शरणार्थी पाकिस्तानबाट फर्किएका छन् ।

उनले अहिलेको अवस्थामा सबैको सहयोग आवश्यक रहेको र यूएनएचसीआर आफ्नो क्षमताको सीमामा पुगेको बताए । अफगान शरणार्थी आयोगका अनुसार, यसै साता पाकिस्तान र इरानबाट १० हजार २८८ अफगानी नागरिक फिर्ता पठाइएको छ ।

यद्यपि, महिला कर्मचारीमाथि तालिबान सरकारले लगाएको प्रतिबन्धका कारण यूएनएचसीआरले केही सहायता केन्द्रहरू बन्द गर्नुपरेको छ । जमालले महिला कर्मचारीबिना आफ्नो काम पूर्ण हुन नसक्ने भन्दै दुःख व्यक्त गरे ।


Facebook Comments