चाडपर्वमा सहुलियत पसल सुरु, प्रतिकेजी १० रुपैयाँसम्म छुट

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c800c20a044.jpg

काठमाडौं । बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसलहरू सञ्चालनमा ल्याएको छ । यी पसलहरूमा खाद्य सामग्रीमा प्रतिकेजी रु ५ देखि १० सम्म छुट दिइएको छ ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार, दाल, चामल, चिनी र गहुँमा प्रतिकेजी रु ५ छुट छ । यस्तै, तेल, चिउरा, आँटा र मैदामा प्रतिलिटर÷प्रतिकेजी रु ७ छुट दिइएको छ ।

सबैभन्दा बढी चियापत्ती, जिरा, धनियाँ लगायतका रैथाने वस्तुमा भने प्रतिकेजी रु १० छुट दिइएको छ । यो सहुलियत पसल छठ पर्वसम्म सञ्चालन हुने मिश्रले जानकारी दिएका छन् ।


Facebook Comments