मेरो कर्म बिरामीको सेवा हो, मन्त्री बन्ने चर्चा हल्लामात्र हो : डा रुइत

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c80f5538df3.jpeg

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताएका छन् । उनले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताए । 

डा रुइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाइरहने विश्वास व्यक्त गरे । “मलाई प्रत्येक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गर्न आग्रह आउने गरेको छ, तर म स्पष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीलाई आफ्नो सीप, ज्ञान र समय दिएर सेवा गर्नु हो”, विज्ञप्तिमा भनिएको छ । 

डा रुइतले सबै नागरिकले आ–आफ्नो पेसा, कर्म र व्यवसायमा इमानदारीपूर्वक लागे मुलुकको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने बताए । आफू निरन्तर चिकित्सकीय पेसामार्फत नागरिक सेवामा तल्लीन रहने उनको भनाइ छ ।


Facebook Comments