जेनजी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १५ लाख दिने मन्त्रिपरिषद्को निर्णय

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfdb9c84f8c.jpeg

काठमाडौं । सरकारले जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् वैठकले सो निर्णय गरेको हो ।

आन्दोलनमा ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय भएको छ ।

मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने र असोज १ गते शोक मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।  


Facebook Comments