असोज १ गते शोक दिवस मनाउने सरकारको निर्णय


काठमाडौं । सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
सरकारले आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय समेत भएको गृहमन्त्री अर्यालले बताए ।
Facebook Comments