जेनजी आन्दोलनमा मृ*त्यु भएका प्रहरीको परिवारलाई १० लाख दिने निर्णय

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepal-police.jpg

काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

सोमबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रति परिवार १० लाख उपलब्ध गराउने जानकारी गराएको हो ।

कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रति परिवार जनही १० उपलब्ध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ,’ प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ३ जना प्रहरीको मृत्यु भएको छ। 


Facebook Comments