भारतको सिमलामा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृ*त्यु, २ जना घाइते

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । सोमबार राति भएको गाडी दुर्घटनामा एकै घरका तीनसहित चार जना नेपालीको मृत्यु भएको हो।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।  घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ। चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


Facebook Comments