जेन–जी आन्दोलनमा संलग्न भएको आरोपमा युवकमाथि खु*कुरी प्रहार


हेटौंडा । जेन–जी आन्दोलनमा संलग्न भएको भन्दै एक युवकमाथि खुकुरी प्रहार भएको छ । हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे मकवानपुरगढी गाउँपालिका–५ का प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३४/३५ वर्षीय घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् । घिमिरेलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।
स्थानीयहरूका अनुसार घिमिरे जेन–जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको जनाएको छ ।
Facebook Comments