सुनको मूल्यले तोड्यो सबै रेकर्ड, तोलामा २ लाख १७ हजार

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c8fffa8c0e1.jpg

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज इतिहासकै नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला रु १,९०० ले बढेर रु २ लाख १७ हजार १०० पुगेको छ ।

सोमबार सुन प्रतितोला रु २ लाख १५ हजार २०० मा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला रु २० ले बढेर रु २ हजार ५९५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन प्रतिऔँस ३,६८३ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ ।


Facebook Comments