सेनाको ब्यारेकबाट बाहिरिए प्रचण्ड, पार्टी कार्यालयको अवलोकन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c9048d6ce3b.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि नेपाली सेनाको सुरक्षामा ब्यारेकमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सार्वजनिक भएका छन् ।

उनले आज बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाको अवलोकन गरेका छन् । ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी र क्षति पुगेको थियो । 

हिजो मात्र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि कार्यालयको अवलोकन गरेका थिए । हाल माओवादी कार्यकर्ताहरूले पार्टी कार्यालयको सरसफाइ र मर्मतको काम गरिरहेका छन् ।


Facebook Comments