‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको अन्त्येष्टि गरिँदै

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c90836e78df.jpg

काठमाडौं । ‘जेनजी’ युवाको आन्दोलनमा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिँदै छ ।

सरकारले मृतकलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोकस्वरुप आज सार्वजनिक बिदा दिने निर्णय गरेपछि मृतकका परिवार शव बुझ्न तयार भएका हुन् ।

आज मृतकका परिवार र आफन्तले शवयात्रा निकालेका छन् । उनीहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् । कतिपयले ‘निःसन्तानलाई के थाहा जेनजीको सपना?’ लेखिएको कपडा लगाएर शोक व्यक्त गरिरहेका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको यो प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये अधिकांशलाई गोली लागेको छ भने केही शव जलेको अवस्थामा भेटिएका छन् ।

मृतकहरूको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टमका लागि राखिएको थियो । केही शव यसअघि नै आफन्तले बुझेर अन्त्येष्टि गरिसकेका छन् । आज रसिक खतिवडा लगायतका मृतकहरूको शवयात्रासहित अन्त्येष्टि गरिँदै छ ।


Facebook Comments