बाँकेमा चितुवाको आक्रमणबाट एक महिलाको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c90b6e846d7.jpg

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

आइतबारदेखि बेपत्ता ४५ वर्षीया लक्ष्मी थारुको शव सोमबार जनमुखी सामुदायिक वन नजिकै फेला परेको हो ।

डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शङ्कर गुप्ताले शवको आसपासमा चितुवाको पाइला देखिएको र क्यामेरा फुटेजमा समेत चितुवा हिँडडुल गरिरहेको पुष्टि भएपछि आक्रमण भएको बताएका छन् ।

यस घटनाले स्थानीय बासिन्दा त्रसित भएकाले उक्त भाले चितुवालाई नियन्त्रणमा लिन आजै प्राविधिक टोली पठाइएको उनले जानकारी दिए ।

मृतक थारुको शव पोस्टमार्टमपछि परिवारलाई वडाको सिफारिसमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने गुप्ताले बताए ।


Facebook Comments