मुगुमा सहुलियत पसल सुरु, चाडपर्वमा उपभोक्तालाई राहत


मुगु । दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरी मुगुमा सहुलियत मूल्य पसल सञ्चालनमा आएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले सञ्चालन गरेको यो पसलबाट उपभोक्ताले दैनिक उपभोग्य वस्तुहरू सहुलियत दरमा खरिद गर्न सक्नेछन् ।
शाखा प्रमुख केशव गिरीका अनुसार, पसलमा चामलका विभिन्न प्रकार, तेल, चिनीलगायतका सामग्रीहरू छुट मूल्यमा उपलब्ध छन् । यस कदमले बजारमा हुने कृत्रिम मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सहुलियत पसल नियमित रूपमा सञ्चालन हुने र आवश्यक परेमा थप सामग्री उपलब्ध गराउने तयारी रहेको कम्पनीले जनाएको छ । स्थानीय उपभोक्ताहरूले यसबाट आफूहरूलाई प्रत्यक्ष राहत पुगेको बताएका छन् ।
Facebook Comments