पहिरोले महाकाली राजमार्ग अवरुद्ध, जयपृथ्वी राजमार्ग खुल्यो

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c90f9747b51.jpg

बैतडी । अविरल वर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

बैतडीको दोगडाकेदार–५, साजाधारमा पहिरो खसेपछि महेन्द्रनगर, धनगढी र काठमाडौँसँगको सडक सम्पर्क टुटेको छ ।

स्थानीय शेरसिंह कार्कीका अनुसार, सडकमा ठूलो पहिरो खसेकाले सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ र यात्रुहरू बाटोमै रोकिएका छन् ।

यसैबीच, खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा खसेको पहिरो हटाइएपछि जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिएका छन् ।


Facebook Comments