प्रधानमन्त्री कार्की आँखा जाँचका लागि तिलगङ्गा अस्पतालमा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c91553f20dd.jpg

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि आज तिलगङ्गा अस्पताल पुगेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले उनको आँखा जाँच गरेका हुन् ।

प्रधानमन्त्री कार्कीले तीन महिनाअघि सोही अस्पतालमा मोतिबिन्दुको शल्यक्रिया गराएकी थिइन् ।

त्यसैको नियमित जाँचका लागि उनी अस्पताल आएको तिलगङ्गा अस्पताल व्यवस्थापनले जनाएको छ ।


Facebook Comments