मोदीलाई जन्मदिनको शुभकामना दिँदै ट्रम्पले भने– 'उनले राम्रो काम गर्दैछन्'


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन् । सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् ।
यसैबीच मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन् । यो कुराको जानकारी ट्रम्प र मोदी दुवैले सामाजिक सञ्जालमार्फत् दिएका छन् । ट्रम्पले ट्रुथ सोशल सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमार्फत निकै राम्रो कुराकानी भयो । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । उनले राम्रो काम गर्दैछन् ।’
ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्यको पहलमा सहयोग पु¥याएको भन्दै मोदीलाई धन्यवाद दिएका छन् । त्यस्तै, प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जाल एक्समार्फत मोदीले शुभकामनाका लागि ट्रम्पलाई धन्यवाद भनेका छन् । प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंले गरिरहेका प्रयासलाई समर्थन गर्छौं ।’
Facebook Comments