सुमनालाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईं’ भनेका हरि ढकालले गरे आत्मालोचना
भावावेशमा आएर बोल्न पुगेको भन्दै मागे माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको अभिव्यक्ति प्रति आत्मालोचना गरेका छन् । मंगलवार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा ढकालले गलत अभिव्यक्ति दिएको स्वीकार्दै आत्मालोचना गरेका हुन् ।
रास्वपाका सभापति रवि लामिछाने कारागारबाट निस्किएको विषयमा सुमनाले प्रश्न उठाउँदा उनीहरुबीच चर्काचर्की नै भएको थियो । केही दिनअघि बसेको भर्चुअल बैठकमा सुमना श्रेष्ठलाई लक्षित गर्दै ढकालले ‘बाघको छालामा स्यालको रजाईं’ भनेका थिए । उनले सभापति विरुद्ध लाग्नेहरु पार्टी छोडेर गए हुने अभिव्यक्ति समेत दिएका थिए ।
केन्द्रीय समिति वैठकमा ढकाल आफैंले यो विषय उप्काएर दुख व्यक्त गरेका छन् । आफूले भावावेशमा आएर बोल्न पुगेको भन्दै उनले क्षमा मागेको बताइएको छ ।
Facebook Comments