सुशासन र समृद्धिको अभावले ‘जेनजी’ आन्दोलन जन्मियो : प्रधानमन्त्री कार्की

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ccee883b397.jpg

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनलाई युवा पुस्ताको चाहना र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन् ।

संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी तथा त्यसबाट सिर्जित असन्तोष वा अपेक्षा पूरा नभएको कारणले पनि युवा आन्दोलनको जन्म भएको हो ।’

प्रधानमन्त्री कार्कीले यो आन्दोलनलाई लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग जोडेर हेर्ने गरेको बताइन् । ‘किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो,’ उनले भनिन्। । 

उनले युवा आन्दोलनका एजेन्डाहरूलाई आत्मसात् गर्दै जनअपेक्षाअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन् ।


Facebook Comments