पार्टी पुनर्गठनको प्रस्तावसहित तोसिमाले भनिन्, ‘रास्वपाले मध्यममार्गी राजनीतिक शक्ति बन्नुपर्छ’

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ccf54004144.jpg

काठमाडौं । ‘जेन–जी’ आन्दोलनपछि विकसित परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनका लागि चार बुँदे प्रस्ताव अघि सारेकी छन् ।

डा. कार्कीले आफ्नो प्रस्तावमा जेन–जी आन्दोलनलाई ‘नृशंस दमन’ को संज्ञा दिँदै त्यसले देशलाई गम्भीर संकटमा पुर्याएको बताएकी छन् । उनले पार्टीले जेन–जी मात्र होइन, जेन–अल्फा लगायत सबै वर्ग, उमेर समूह र समुदायको भावनालाई सम्बोधन गर्नुपर्ने बताएकी छन् ।

उनले ‘जेन–जी’ आन्दोलनपछिको अवस्थामा नेपालको राजनीतिक प्रणालीले आमूल परिवर्तनको माग गरेको र राजनीतिक दलहरूले त्यसलाई आत्मसात् गर्नुपर्ने धारणा राखेकी छन् ।

डा.कार्कीले पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रमको पुनरावलोकन, पुनर्मूल्याङ्कन र पुनर्संरचना गरी आजको समयले खोजेको मध्यममार्गी राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

चौथो बुँदामा उनले पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गर्दै अन्य दल, विचार समूह र स्वतन्त्र व्यक्तिहरूसँग पनि वार्ता गरी ‘जेन–जी’ आन्दोलनको आकांक्षा पूरा गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्न अग्रसर हुन आग्रह गरेकी छन् ।

कार्कीको चार बुँदे प्रस्ताव


Facebook Comments