कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ccf9119d5f2.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

भदौ २२ र २४ गते भएको ’जेनजी’ प्रदर्शनपछि कांग्रेसको यो पहिलो भौतिक उपस्थितिमा बसेको बैठक हो । उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको यस बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जनजीविका र देशको वर्तमान अवस्थाबारे छलफल भइरहेको छ । सहभागी नेताहरूले यी विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् ।


Facebook Comments